दुलेगौँडा- बेसारेगौँडामा जीप दुर्घट्ना,९ जना यात्रु घाइते

दुलेगौँडा- बेसारेगौँडामा जीप दुर्घट्ना,९ जना यात्रु घाइते

  • , 7.1K जनाले हेर्नुभयो
  • 7.1K
    SHARES

  • दुलेगौँडा- बेसारेगौँडामा जीप दुर्घट्ना,९ जना यात्रु घाइते

    दुलेगौँडा:।सवारी चालक अनुमति पत्र लाइसेन्स नै नभएको चालकले जीप चलाउँदा मंगलबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं–३,स्थित बेसारेगौँडामा जीप दुर्घट्ना भएको छ ।

    पृथ्वीराजमार्ग संग जोडिएको कच्ची बाटो हुदै शुक्लागण्डकी-६ ब्यागनबाट दुलेगौँडातर्फ आउँदै गरेको  ग २ च ४०३४ नं को सुप्रिया डिलक्स जीप बेसारेगौँडामा दुर्घट्नामा परेको हो ।

    दुर्घट्नामा परी नौ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जना मध्यम र तीन जना सामान्य घाइते भएका छन् ।दुर्घट्नामा शुक्लागण्डकी-३,का १८ बर्षिया पुजा नेपाली ,१२ बर्षिय युकेश थापा,२४ बर्षिय सञ्जय श्रेष्ठ ,२२ बर्षिय अमृता नेपाली ,२५ बर्षका विष्णु बहादुर परियार र ७७ बर्षिया मैती परियार घाइते भएका छन्।उनीहरुको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।उनका अनुसार तनहुँ सेवा हस्पिटलमा उपचार गराएका तीन जना भने सामान्य उपचार पश्चात् डिस्चार्ज भइसकेका छन् ।

    प्रहरी निरीक्षक खड्काले जीप बे्रकफेल भएर दुर्घट्ना भएको बताए ।उनले चालकसंग सवारी चालक अनुमति पत्र पनि नरहेको बताएका छन् ।घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले जीप र चालक प्रहरीको नियन्त्रणमा छ ।

    सम्बन्धित खवर