पर्वतका विभिन्न समूहलाई पञ्जे बाजा वितरण

पर्वतका विभिन्न समूहलाई पञ्जे बाजा वितरण

  • , 8.9K जनाले हेर्नुभयो
  • 8.9K
    SHARES

  • पर्वतका विभिन्न समूहलाई पञ्जे बाजा वितरण

     मोदी गाउँपालिकाले विभिन्न गाउँका पाँच समूहलाई पञ्चे बाजा वितरण गरेको छ। पछिल्लो समय लोप हुँदै गएको पञ्चे बाजा संरक्षण गर्न वितरण गरिएको गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताए।

    ६ लाख ७१ हजार रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न गाउँमा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो। बाजुङकोट भूमे बाजा समूह बाजुङ, गौरी गाउँ नौमती बाजा समूह बाजुङ, देउपुर देउराली कोट कालिका बाजा समूह देउराली, लोक तथा पञ्चेबाजा संरक्षण समिति र भुकताङ्ले पञ्चेबाजा समूह भूकलाई बाजा उपलब्ध गराइएको हो।

    कतिपय विवाह तथा उत्सवमा बाजा बजाउन जाँदा कुटपिट हुने र बाजा बजाएर आएको रकमले खान नपुग्नु, सधैंभरि बजाउने अवसर नपाउनु, दलित समुदायको पछिल्लो पुस्ता निजामति, निजी वा वैदेशिक रोजगारीमा जानु, दोस्रो पुस्तालाई पाको पुस्ताले सिकाउने चाहना नराख्नुलगायतका कारण पञ्चेबाजामा बजाउने व्यक्ति पाउन मुस्किल छ।

    बाजुङकोट भूमे बाजा समूहका अध्यक्ष मनबहादुर दर्जीले वर्षौं पहिले खरिद गरेका बाजालाई मर्मत गरेर चलाउने गरिएको र नयाँ बाजा महँगो पर्ने भएकाले धेरै बाजा समूहले किन्न नसक्ने अवस्थामा रहेको बताउँछन्। व्यावसायिक रूपमा बाजा बजाउन सक्ने क्षमत आफूहरूमा रहेको भए पनि सधैँ काम नपाइने कारण अन्य पेसा वा वैदेशिक रोजगारीमा जानुको विकल्प नरहेको उनको भनाइ छ।साभार:थाहा खबर

    सम्बन्धित खवर