मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागीमा परी एक वृद्धाको मृत्यु भएको छ। आगलागीमा परी भीमफेदी गाउँपालिका–३ की हस्तमाया सिन्तानको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
साथै आगलागीमा परी उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ ।sources:nepallive