पैसा माग्दै ह्याकर आखिर कसले गर्दैछ नेपाली चलचित्रकर्मीको फेसबुक ह्याक ?

पैसा माग्दै ह्याकर आखिर कसले गर्दैछ नेपाली चलचित्रकर्मीको फेसबुक ह्याक ?

  • , 7.6K जनाले हेर्नुभयो
  • 7.6K
    SHARES

  • पैसा माग्दै ह्याकर आखिर कसले गर्दैछ नेपाली चलचित्रकर्मीको फेसबुक ह्याक ?

    काठमाडौं, १३ चैत्र । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, वाट्स एपमा ह्याक गर्ने क्रम दिनहु बढ्दै गइरहेको छ । कलाकारहरुको पनि ह्याकरले एकाउण्ट ह्याक गरेर रकम माग्ने गरेका छन् ।

    कलाकारहरु दीपाश्री निरौला, अभिनेता सरोज खनाल र गीतकार दयाराम पोण्डेको फेसबुक एकाउन्ट ह्याक भएको छ । बिहीबार काठमाडौं उपत्यकाका अपराध अनुसन्धानमा फेसबुक फिरौतीको माग गर्दै कलाकारहरुले निवेदन दिएका हुन् ।

    निर्देशक तथा कलाकार दीपाश्रीले फेसबुकबाट ह्याकरले एकजनालाई एक लाख माग्दै बैंक खाता समेत पठाएको बताइन् । त्यस्तै, अभिनेता सरोज खनालको फेसबुकबाट पनि ह्याकरले विभिन्न व्यक्तिहरुसँग च्याटमा कुरा गरेर पैसा मागेको बताए । पत्रकार दयाराम पाण्डेले पनि आफ्नो फेसबु्कबाट बिभिन्न बहानामा ह्याकरले पैसा मागेको जानकारी दिएका छन् ।

    सम्बन्धित खवर