अब नाबालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद

अब नाबालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद

  • , 3.7K जनाले हेर्नुभयो
  • 3.7K
    SHARES

  • अब नाबालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद nepalisandes.com

    नाबालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत उदयपुरले उदयपुरगढी गाउँपालिका ५ का २४ वर्षीय छविलाल श्रेष्ठलाई १८ वर्षको कैद फैसला गरेको छ ।

    जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलाशले श्रेष्ठलाई बलात्कारी ठहर गरेको हो । श्रेष्ठलाई क्षतिपूर्ति वापत ७५ हजार रुपैयाँ र पीडित राहत कोषमा दुई हजार दुई सय रुपैयाँ जरिवाना भराउनसमेत अदालतले आदेश दिएको छ ।

    श्रेष्ठले बालिकालाई २०७७ साल असार २४ गते उदयपुरगढीमा बलात्कार गरेका थिए । उजुरी परेपछि साउन १८ गते उनलाई पुर्पक्षको निम्ति जिल्ला कारागार चलान गरिएको थियो ।

    अदालतले पीडिततलाई क्षतिपूर्तिवापत ७५ हजार रुपैयाँ भराउन आदेश दिएको छ । फैसलामा कसुरदारबाट राहत कोषमा २ हजार २ सय रुपैयाँ भराउन आदेश भएको श्रेस्तेदार धनबहादुर कार्कीले बताए sources :janaaastha

    सम्बन्धित खवर