पोखरामा नेपालकै ठुलो उपाधि राशिको फुटसल प्रतियोगिता हुने, विजेतालाई ३ लाख

पोखरामा नेपालकै ठुलो उपाधि राशिको फुटसल प्रतियोगिता हुने, विजेतालाई ३ लाख

  • , 3.8K जनाले हेर्नुभयो
  • 3.8K
    SHARES

  • पोखरामा नेपालकै ठुलो उपाधि राशिको फुटसल प्रतियोगिता हुने, विजेतालाई ३ लाख

    पोखरा, १६ फागुन

    राजन ब्रदरहुड र स्पोर्टस् क्यासलको आयोजनामा आगामी चैतमा नेपालकै ठुलो उपाधि राशिको खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।

    आगामी चैत १० देखि १२ गते सम्म पोखरा महानगरपालिका ४ गणेशटोल स्थित स्पोर्टस् क्यासलमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित ‘प्रथम राजन खुल्ला फुटसल प्रतियोगिता २०७७’ आयोजना गरिने आज (आईतबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो प्रतियोगिता संयोजक राजन गुरुङले फुटबल सँगै फुटसलको विकास पुर्याउने उद्देश्य सहित सो प्रतियोगिता आयोजना गर्न लागको बताए ।

    उनले उक्त प्रतियोगिता नेपालकै ठुलो राशि रहेको बताउदै विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३ लाख प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५० हजार प्रदान गरिनेछ ।

    गुरुङले उक्त प्रतियोगिताबाट सर्बाेत्कृष्ट बन्ने खेलाडीलाई नगद रु २५ हजारबाट पुरस्कृत गरिने बताए । उनका अनुसार विधागत तर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार प्रदान गरिनेछ ।

    प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका क्लबसँगै भारतका केही क्लबसँग समेत प्रारम्भिक कुरा भैरहेको जानकारी दिएका थिए ।

    उक्त प्रतियोगिताको अवधिमा पोखरा क्षेत्रका पूर्व राष्ट्रिय फुटबल खेलाडी र ए डिभिजनका खेलाडीहरुलाई फुटबलको विकासमा योगदानको कदर गर्दै सम्मान समेत गरिने संयोजक गुरुङले जानकारी दिए ।

    त्यस्तै खेल संयोजक आशिष क्षेत्रीले उक्त प्रतियोगितामा नेपालभरबाट दर्ता भएका क्लबहरुले मात्रै दर्ता पाउने बताए । उनले उक्त प्रतियोगितामा टिम दर्ताका लागि १५ हजार निर्धारण समेत गरिएको बताए ।

    उनका अनुसार टिम दर्ताका लागि ९८५६०२२५८४, ९८६१२३९८४४ र ९८१४१२०६९५ नम्बरमा सम्पर्क गर्न सकिनेछ । उक्त प्रतियोगिताको क्वाटरफाईनल खेलबाट म्यान अफ द म्याचको आकर्षक ट्रफीद्वारा खेलाडीलाई पुरस्कृत समेत गरिनेछ । सो प्रतियोगितामा देशभरबाट ३० टिम बढिको सहभागिता रहने र करिब १२ लाख खर्च हुने आयोजकले अपेक्षा लिएको छ।

    सम्बन्धित खवर