पर्साकाे ठोरीमा घरभित्रै आगो तापेर बसिरहेको अवस्थामा चितुवाको आक्रमण l

पर्साकाे ठोरीमा घरभित्रै आगो तापेर बसिरहेको अवस्थामा चितुवाको आक्रमण l

  • , 8K जनाले हेर्नुभयो
  • 8K
    SHARES

  • पर्साकाे ठोरीमा घरभित्रै आगो तापेर बसिरहेको अवस्थामा  चितुवाको आक्रमण l

    १२ फागुन, काठमाडौं । पर्सामा चितुवाको आक्रमणमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा ६५ वर्षीय कुलबहादुर खत्री रहेका छन् ।

    पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँपसेको चितुवाले मंगलबार राति उनको घरभित्रै पसेर आक्रमण गर्दा उनी घाइते भएका हुन् ।

    राति करिब ८:३० बजेको समयमा घरभित्रै आगोतापेर बसिरहेको अवस्थामा खत्रीलाई चितुवाले आक्रमण गरेको प्रहरी चौकी सुवर्णपुरका असई इन्दिवर चौधरीले जानकारी दिए ।

    ‘घरभित्रै बसेर उनी आगोताप्दै गाईवस्तुलाई कुँडो पकाएर बसेका रहेछन् । त्यहीबेला एक्कासी घरभित्र पसेर चितुवाले उनलाई आक्रमण गरेको रहेछ,’ चौधरीले भने, ‘चितुवाले आक्रमण गरेपछि आत्तिएर उनी होहल्ला गरेपछि चितुवा भागेको रहेछ ।’

    घाइते खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको उनले बताए । उनको मुख, हात र नाकमा २४ वटा टाँका लगाइएको छ ।source :onlinekhabar

    सम्बन्धित खवर