अभिनेता प्रदीप खड्का शिक्षक बन्दै

अभिनेता प्रदीप खड्का शिक्षक बन्दै

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • अभिनेता प्रदीप खड्का शिक्षक बन्दै

    काठमाडौँ । अभिनेता प्रदीप खड्का शिक्षक बन्ने भएका छन् । उनी रियलमा भन्दा पनि रिल लाइफमा शिक्षक बन्न लागेका हुन् । उनको शिक्षक अभिनय रहने फिल्म ‘प्रकाश’ हालै घोषणा गरिएको छ । फिल्ममा उनले शिक्षक बन्ने चाहना भएको एक युवाको भूमिका निर्वाह गर्दैछन्

    ‘प्रकाश’ दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म हो । फिल्ममा दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, नीरज पन्थी,पवित्रा खड्कालगायतको अभिनय रहनेछ । रेनुले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्ममा रेनु प्रदीपको जोडीको रुपमा देखिनेछिन् ।

    जुम्लाको पृष्ठभूमि रहेको कथामा पटकथा भने विकास सुवेदीले तयार पारेका छन् । राजेश श्रेष्ठको छायाँकन, ताराप्रकाश लिम्बू, एलिस कार्की र दीपक शर्माको संगीत रहेन फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।source: ratopati

    सम्बन्धित खवर