गुगल फोटोमा थपियो नयाँ फिचर, अब भिडियो पनि जुम गर्न सकिने

गुगल फोटोमा थपियो नयाँ फिचर, अब भिडियो पनि जुम गर्न सकिने

  • , 2.3K जनाले हेर्नुभयो
  • 2.3K
    SHARES

  • गुगल फोटोमा थपियो नयाँ फिचर, अब भिडियो पनि जुम गर्न सकिने
    काठमाडौं – गुगल फोटोले प्रयोगकर्तालाई भिडियो जुम इन र जुम आउट गर्ने नयाँ फिचर थपेको छ । यो फिचर विना अपडेट सीधा गुगल सर्भरमा थप गरिएको हो ।

    यो फिचर एन्ड्रोइड एपमा पनि थपिएको छ । गुगल फोटोको पछिल्लो अपडेटमा यो फिचर पाउन सकिन्छ । भिडियोलाई डबल ट्याप गर्नासाथ भिडियो जुम इन हुन्छ ।

    केही प्रयोगकर्ताले भने यो फिचर अझै नपाएको प्रतिक्रिया दिएका छन् । गुगलले यो फिचर सबै प्रयोगकर्ताका लागि अपडेट गर्नेछ ।

    सर्भर साइड अपडेट गरिएको यो फिचर हालका लागि आइओएसमा भने उपलब्ध छैन ।

    एपमा हालै सिनेम्याटिक फोटो फिचर पनि अपडेट गरिएको छ । जसमा फोटोमा थ्रीडी इफेक्ट पनि दिन सकिन्छ । यसका अलवा म्याप टाइमलाइन फिचर पनि जोडिएको छ ।source :Khabarhub

    सम्बन्धित खवर