पोखराको न्यू ग्यालेक्सीमा अध्ययनरत छात्रा अन्वेशाकाे दुर्घटनामा परि निधन।

पोखराको न्यू ग्यालेक्सीमा अध्ययनरत छात्रा अन्वेशाकाे दुर्घटनामा परि निधन।

  • , 7.3K जनाले हेर्नुभयो
  • 7.3K
    SHARES

  • पोखराको न्यू ग्यालेक्सीमा अध्ययनरत छात्रा अन्वेशाकाे दुर्घटनामा परि निधन।

    तनहुँको आँबुखैरेनीमा हिजो भएको मोटरसाइकल दुर्घटनामा उनको निधन भएको हो । चितवनस्थित आफन्तको घरबाट पोखरा फर्कने क्रममा सो दुर्घटना भएको हो । उनको घर लमजुङको मध्यनेपाल नगरपालिका ६, भोर्लेटार हो ।शनिबार बिहान ८ बजे ना १९ प ९२४ नम्बरको मोटरसाइकलाई आफ्नै दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०१ एन २९८६ को ग्यास बुलेटले ठक्कर दिएकोमा मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ग ३ च २०८४ नं. को कारमा ठोक्किन पुगेको थियो ।दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने अन्वेशाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक चितवन भरतपुरका ५१ वर्षीय युवराज घिमिरे सामान्य घाइते भएका छन्।source:gandaknews

    सम्बन्धित खवर