घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ। जसरी हामीलाई पानीको आवश्यकता पर्छ खानाको आवश्यकता पर्छ त्यसैगरि घामको पनि आवश्यकता पर्छ।
घाम नलागेको दिन मौसमसँगै मानिसको ‘मुड’ पनि बादल लागेको जस्तै धुम्म हुन्छ । मौसमले ‘मुड’मा मात्र होइन मानव शरीरमा नै असर गरिरहेको हुन्छ । छालाको लागि घाम चाहिन्छ । भिटामिन( ‘डी’ प्राप्त गर्नकै लागि भएपनि घाम ताप्नैपर्छ । छाला डड्ने रअनुहारको चमक घट्ने चिन्ताले धेरै महिलाहरू घाममा बस्न रुचाउँदैनन्न। यद्यपी नेपालमा धरै मानिसहरुलाई भिटामिन डीको कमि हुन्छ जसको कारण शरीर गल्ने दुख्ने जस्ता विभिन्न असरहरु देखा पर्छन।
१.सुर्यको किरण पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ
२.बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।
३.चिसोबाट लाग्ने रोगबाट बचाउँछ।
४.सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।
५.घामले रगत जम्नबाट बचाउँछ।
१.छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ।
२.अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ।
३. जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ।
४.छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ।
५.लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ।