मंसिर ३० पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय २२ पुगेको छ ।
मंगलबार गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका १०० बढिमा संक्रमणको पुष्टि भए सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ४ जिल्लाका थप १०१ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ ।
निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ७४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लमजुङका १६ जना, बाग्लुङका ५ जना र तनहुँका ६ जनामा संक्रमण देखिएको छ ।
निर्देशनालयद्वारा जारी विज्ञप्ति ः