पोखरामा कास्की कांग्रेसको प्रदर्शन (फोटो फिचर )

पोखरामा कास्की कांग्रेसको प्रदर्शन (फोटो फिचर )

  • नेपाली सन्देश

  • , 13.1K जनाले हेर्नुभयो
  • 13.1K
    SHARES

  • पोखरामा कास्की कांग्रेसको प्रदर्शन (फोटो फिचर )

    मंसिर २९ पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पोखरामा प्रदर्शन गरेको छ ।

    सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले पोखरामा प्रर्दशन गरेको हो ।

    तनहुँमा पुल उद्घाटन गर्न पुगेका काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको हो ।

    देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले कांग्रेस सडकमा आएको जनाएको छ ।

    पोखराको चिप्लेढुङ्घावाट शुरु भएको र्याली पोखरा बजार परिक्रमा गदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको छ । विरोध सभालाई कागे्रसका केन्द«य सदस्य अर्जुननरसिंह केसीले सम्बोधन गर्ने छन ।

    कोरोना संक्रमणको जोखिमका बेला भौतिक दूरी कायमको बेवास्ता गर्दै कांग्रेसका कार्यकर्ता सडक प्रदर्शनमा उत्रीएका हुन ।

    सडक प्रर्दशनले पोखराको ट्राफिक ब्यवस्था अस्तब्यस्त बनेको छ ।

    पोखरामा कांग्रेसको प्रदर्शनः ः (फोटो फिचर )

     

     

     

     

     

    सम्बन्धित विषय

    सम्बन्धित खवर