उखु किसानको प्रदर्शन आज पनि जारी

उखु किसानको प्रदर्शन आज पनि जारी

  • नेपाली सन्देश

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • उखु किसानको प्रदर्शन आज पनि जारी

    मंसिर २९ पोखरा । उखु किसानले आज दोस्रो दिन पनि धर्ना र प्रदर्शनलाई निरन्तरता दिने भएका छन् ।

    हिजोदेखि चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै किसानहरुले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन थालेका हुन् ।

    आफ्ना माग पूरा नभएसम्म धर्ना र प्रदर्शनको कार्यक्रम निरन्तर नै रहने आन्दोलनरत उखु किसानहरुले बताएका छन् ।

    सरकारले किसानसँग गरेको पटक(पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमाकुनै प्रगति नभएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताएका छन् ।

    गएको वर्ष सरकारले छिट्टै भुक्तानी दिलाउने भनेर आश्वासन मात्र दिएकाले यो वर्ष पुरै रकम नपाएसम्म आन्दोलन गरिरहने उनीहरुको अडान छ ।

    गएको वर्ष जस्तो यो वर्ष सरकारले झुक्याउन नसक्ने सर्लाहीका उखु किसान राजेश यादवले बताए ।

    संघर्ष समितिका संयोजक मिश्रका अनुसार देशभरबाट उखु किसानले ९० करोड रुपैयाँ चिनी मिलबाट पाउनु पर्नेछ । सर्लाहीमा मात्रै अन्नपूर्ण चिनी मिलको ३० करोड र महालक्ष्मी सुगर मिलको ६ करोड रुपैयाँ किसानलाई दिन बाँकी रहेको मिश्रले बताएका छन्  ।

    सम्बन्धित खवर