कांग्रेसले आज ७७ वटै जिल्लामा शक्ति प्रदर्शन गर्दै

कांग्रेसले आज ७७ वटै जिल्लामा शक्ति प्रदर्शन गर्दै

  • नेपाली सन्देश

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • कांग्रेसले आज ७७ वटै जिल्लामा शक्ति प्रदर्शन गर्दै

    मंसिर २९ पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी शक्ति प्रदर्शन गर्ने भएको छ ।

    सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

    देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर सडकमा उत्रन गर्नु परेको कांग्रेसको भनाइ छ ।

    आज हुने विरोधका कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी सभापति शेरबहादुर देउवाले हेटौंडामा र वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने कांग्रेसले जनाएको छ ।

    त्यस्तै, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा.रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्कीमा हुने विरोध सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

    कोरोना संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कांग्रेसले कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

    सम्बन्धित विषय

    सम्बन्धित खवर