गण्डकीमा थपिए ८४ नयाँ कोरोना संक्रमित

गण्डकीमा थपिए ८४ नयाँ कोरोना संक्रमित

  • नेपाली सन्देश

  • , 17.3K जनाले हेर्नुभयो
  • 17.3K
    SHARES

  • गण्डकीमा थपिए ८४ नयाँ कोरोना संक्रमित

    मंसिर २८ पोखरा । आइतबार गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका थप ८४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ८ जिल्लाका थप ८४ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ ।
    आइतबार दिउँसो ३ बजे सम्म निर्देशनालयले पाँच चरणमा विज्ञप्ती जारी गर्दै यसको पुष्टि गराएको हो ।

    निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीका पोखरा महानगरपालिकामा ४४ जना , रुपा गाउँपालिकामा ४ जना र मादी गाउँपालिकामा ६ जना गरि ५४ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै तनहुँमा १२ जना, बाग्लुङमा ६ जना , लमजुङमा ५ जना, , स्याङ्जामा ४ जना , गोरखा १ जना , म्याग्दीमा १ जना र पर्वतमा १ जनामा संक्रमण देखिएको छ ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय ३५ पुगको छ ।

    निर्देशनायद्वारी जारी विज्ञप्ती ः

     

     

     

     

     

     

     

    सम्बन्धित विषय

    सम्बन्धित खवर