मंसिर २८ पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज थप २ जनाको मृत्य भएको छ ।
कास्कीको पोखरा महानगरकी १ जना महिला र तनहुँको म्याग्दे गाउँपालिकाका एक जना पुरुष गरि थप दुई जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा–१७ की ७४ वर्षिय महिलाको मंसिर २७ गते उपचारको क्रममा मृत्यु भएको हो । उनमा यहि मंसिर २६ गते कोरोन संक्रमण पुष्टि भएको थियो । साथै उनमा कोभिड सहित आस्थामा लगायतको समस्या रहेको जनाइएको छ ।
यस्तै अर्का पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँको म्याग्दे गाउँपालिका –२ का ६० वर्षिया पुरुषको भने आज बिहान ९ ः ३० बजे मृत्यु भएको छ ।
कोभिड निमोनिया लगायतका समस्या रहेको उनमा यहि मंसिर २४ गते संक्रमणको पुष्टि भएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।
निर्देशनालयद्वारा जारी विज्ञप्ति :