गण्डकीका ५६ सहित देशभर थपिए १०४४ जना नयाँ कोरोना संक्रमित

गण्डकीका ५६ सहित देशभर थपिए १०४४ जना नयाँ कोरोना संक्रमित

  • नेपाली सन्देश

  • , 12.6K जनाले हेर्नुभयो
  • 12.6K
    SHARES

  • गण्डकीका ५६ सहित देशभर थपिए १०४४ जना नयाँ कोरोना संक्रमित

    मंसिर २६ पोखरा । शुक्रबार गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका थप ५६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ६ जिल्लाका थप ५६ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ ।

    शुक्रबार  दिउँसो ३ बजे सम्म निर्देशनालयले तिन चरणमा विज्ञप्ती जारी गर्दै यसको पुष्टि गराएको हो ।

    निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ४० जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै लमजुङमा ८ जना, स्याङ्जामा ४ जना, गोरखा २ जना , बाग्लुङमा १ जना  र म्याग्दीमा १ जनामा संक्रमण देखिएको छ ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार एक सय ३५ पुगको छ ।

    त्यसैगरि आज देशभर पछिल्लो २४ घण्टामा १०४४ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ६ हजार ४१४ जननमा गरिएको नमुना परीक्षण गर्दा १०४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । उनीहरुमध्ये १६७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यसैगरि देशभर हालसम्म २ लाख ३२ हजार ८७२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२७१ जना संक्रमणमुक्त भएका हुन् ।

    त्यस्तै हाल देशभर १२ हजार ७१ संक्रिय संक्रमित छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१४ जना संक्रमित भेटिएका छन् । जसमा भक्तपुरमा ३४, ललितपुरमा १३१ र काठमाडौंमा ४०२ जना छन् ।

    निर्देशनायद्वारी जारी विज्ञप्ती :

    सम्बन्धित खवर