फरक जिल्लाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कसियो लगनगाँठो

फरक जिल्लाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कसियो लगनगाँठो

  • नेपाली सन्देश

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • फरक जिल्लाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कसियो लगनगाँठो

    मंसिर २६ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र संघीय खेलकुद मन्त्री जगत विश्वकर्मा लाई  साक्षी राखेर फरक जिल्लाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच आज विवाह भएको छ ।

    कास्कीको माछापुच्छे« गाउँपालिका वडा १, टुँसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङ र हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४, जोमसोम निवासी उपाध्यक्ष शर्मिला गुरुङबीच पोखराको हेमजास्थित याम्दी गुम्बामा सामाजिक परम्परा अनुसार विवाह भएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर ४७ र उपाध्यक्ष शर्मिला ४६ वर्षका रहनु भएको छ ।

    उनीहरुबीच वैवाहिक सम्बन्ध स्थापित गराउन गत साता नेकपा नेता कार्यकर्ता तथा शुभेच्छुकको जोडबलपछि दुवै राजी  भएका थिए । आपसी प्रेमसम्बन्ध नभए पनि उनीहरुबीच चिनजान धेरै वर्षअघिको हो । विगतमा अन्नपूर्ण सरक्षण क्षेत्र व्यवस्थापन समितिमा लामो समय काम गर्दै आएका थिए ।

    विवाहपछि अध्यक्ष कर्णबहादुरले भने ‘दुवै अन्तरजिल्लाका जनप्रतिनिधि भएको र पार्टी पनि मिलेकोले विवाह गरेका हौं । आखिर विवाह एक उत्सव हो ।’

    २०४६ सालको जनआन्दोलनपछि सँगै विद्यार्थी राजनीति सुरु गरेका दुवै जना पूर्व एमाले हुन् । घरपझोङ उपाध्यक्ष गुरुङ पूर्व शिक्षिका  समेत रहेकी छिन्  ।

    विवाह समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, संघीय खेलकुद मन्त्री जगत विश्कर्मा ,प्रदेशका अर्थमन्त्री किरण गुरुङ, पूर्व स्वास्थ्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, पोखरा महानगर प्रमुख मानबहादुर जिसी, उपाध्यक्ष मञ्जुदेवी गुरुङ लगायत सरिक थिए । उनीहरुबीच लगनगाँठो कसिएपछि आफन्त, शुभेच्छेक लगायतले वैवाहिक जीवनको शुभकामना दिएका छन् ।

     

    सम्बन्धित खवर