कोरोना नियन्त्रणमा सरकारी प्रयास सन्तोषजनक रहेको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको भनाइ

कोरोना नियन्त्रणमा सरकारी प्रयास सन्तोषजनक रहेको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको भनाइ

  • नेपाली सन्देश

  • , 11.3K जनाले हेर्नुभयो
  • 11.3K
    SHARES

  • कोरोना नियन्त्रणमा सरकारी प्रयास सन्तोषजनक रहेको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको भनाइ

    मंसिर २६ पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कोरोना नियन्त्रणका लागि साधन स्रोतमात्र नभई सतर्कता जरुरी रहेको बताएका छन् ।

    उनले कोभिड–१९ नियन्त्रणमा ठूला र धनी राष्ट्रलाई समेत हम्मेहम्मे परेको अवस्थामा नेपालजस्तो गरीब मुलुकले जे–जति नियन्त्रण प्रयास गरेको छ, त्यो सन्तोषजनक रहेको बताएका छन । उनले भने, ‘अमेरिकामा मृत्युदर बढ्यो जब कि अमेरिका साधनस्रोत सम्पन्न मुलुक हो । त्यहीँ मानिसको मृत्युदर विश्वमै सबैभन्दा बढी देखियो ।’

    पत्रकार दुर्गा अधिकारीद्वारा लिखित ‘समाज, सञ्चार र राजनीति’ विषयक लेख संग्रह पोखरामा आज विमोचन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भौतिक दूरी कायम र स्वास्थ्य सचेतना कायम गरी दैनिक जनजीवन सहज बनाउँदै जानु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

    राजनीतिमा कुनै व्यक्तिले गल्ती ग¥यो भन्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न नहुने उल्लेख गर्दै उनले केही व्यक्तिले खराब गरे भन्दैमा सबै राजनीतिकर्मी खराबै हुन् भनी संचारजगतले समाचार प्रकासन प्रसारण गर्न नहुने बताए ।

    तिमिल्सिनाले महिलाहरुलाई आरक्षण नभई खुला प्रतिष्पर्धात्मक तवरबाट नेतृत्वका लागि दाबी गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

    कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, लेखक दुर्गा अधिकारी, पत्रकार केशवशरण लामिछाने लगायतले बोलेका थिए ।

    पुस्तकमा राजनीति, महिला अधिकार, सञ्चारजगत्, समसामयिक घटनाक्रम, सामाजिक विकृति विसंगति लगायत विषयवस्तु समेटिएको छ । १६० पृष्ठ लामो पुस्तकमा ४३ लेख संग्रहित छन् ।

     

    सम्बन्धित खवर