पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

  • नेपाली सन्देश

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

    मंसिर २६ पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप एक व्यक्तिको मृत्यु भएको छ ।

    कास्कीको पोखरा महानगरपालिकाका एक जना ७५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

    निर्देशनालयका अनुसार पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका –१० का ७५ वर्षिय पुरुषको आज बिहान ९ ः१५ मा उपचारको क्रममा मृत्यु भएको हो ।

    उनमा यहि मंसिर २५ गते संक्रमण पुष्टि भएको थियो । साथै उनमा कोभिड निमोनिया लगायतका समस्या रहेको निर्देशनायद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८१ पुगेको छ ।

    निर्देशनालयद्वारा जारी विज्ञप्ती ः

    सम्बन्धित विषय

    सम्बन्धित खवर