मंसिर २६ पोखरा । साताको अन्तिम दिन आज सुनको भाउ स्थिर भएको छ । विहिबार प्रति तोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको सुनको मूल्यमा आज घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार ९३ हजार ४ सयमा रुपैँयमा कारोबार भएको सुनको भाउमा विहिबार तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि कुनै घटबढ भएको छैन । विहिबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।