गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्दै

गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्दै

  • नेपाली सन्देश

  • , 2.9K जनाले हेर्नुभयो
  • 2.9K
    SHARES

  • गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्दै

    मंसिर २५ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ ।

    विहिबार कास्कीको पोखरामहानगरका ६१ जना सहित गण्डकी प्रदेशमा थप १०३ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलय पोखराले जानकारी गराएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ९ जिल्लाका थप १०३ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ ।

    निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ६१ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै लमजुङमा १८ जना , बाग्लुङमा ७ जना , गोरखा ६ जना , तनहुँमा ४ जना , स्याङ्जामा २ जना , मुस्ताङमा १ जना , नवलपुर वर्दघाट सुस्ता पूर्वमा १ जना र पर्वतमा ३ जनामा संक्रमण देखिएको छ ।

    विहिबार दिउँसो ३ बजे सम्म निर्देशनालयले छ चरणमा विज्ञप्ती जारी गर्दै यसको पुष्टि गराएको हो ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७९ पुगको छ ।

    निर्देशनायद्वारी जारी विज्ञप्ती ः

    सम्बन्धित विषय

    सम्बन्धित खवर