मंसिर २५ पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा आज थप ४ जनाको मृत्यु भएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल र फिस्टेल अस्पतालमा उपचाररत ४ जना पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरामहानगरपलिका–१० का ८१ वर्षिय पुरुषको आज बिहान ३ ः ०० बजे मृत्यु भएको हो । कोभिड निमोनिया र मृगौला सम्बन्धि समस्या रहेको उनामा यहि मंसिर २० गते संक्रमणको पुष्टि भएको थियो ।
यस्तै पोखरामहानगरपलिका –१३ का ५१ वर्षिया पुरुषको पनि मंसिर २४ गते बिहान ५ ः २५ मा पोखराका फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा यहि मंसिर १९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उनमा कोभिड निमोनिया लगायतका समस्या रहेको निर्देशनायद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।
त्यसैगरि तनहुँको शुक्लागण्डकी नगरपालिका –८ का ७४ वर्षिय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत उनको आज बिहान ३ ः १५ बजे मृत्यु भएको हो । उनमा यहि मंसिर २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
त्यस्तै सोही अस्पतालमा उपचाररत पोखरा –७ का ६५ वर्षिय पूरुषको भने गएराति ७ ः ०० बजे मृत्यु भएको जनाइएको छ । कोभिड निमोनिया र मधुमेह सम्बन्धि समस्या रहेको उनमा मंसिर २४ गते कोरोना संक्रमण पाइएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ ।
निर्देशनालयद्वारा जारी विज्ञप्ति ः