गण्डकीका ९६ सहित देशभर थपिए १०५६ जना नयाँ कोरोना संक्रमित

गण्डकीका ९६ सहित देशभर थपिए १०५६ जना नयाँ कोरोना संक्रमित

  • नेपाली सन्देश

  • , 6.6K जनाले हेर्नुभयो
  • 6.6K
    SHARES

  • गण्डकीका ९६ सहित देशभर थपिए १०५६ जना नयाँ कोरोना संक्रमित

    मंसिर २४ पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको नमुना परिक्षणमा नवलपुर वर्दघाट सुस्ता पूर्वका ९ जना र लमजुङका २ जना गरि थप ११ जनामा संक्रमणको पुष्टि भएको हो ।

    बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पाँचौ चरणमा विज्ञप्ति जारी गरि थप ११ जनामा संक्रमणको पुष्टि भएको जानकारी गराएको हो ।

    यसअघि प्रदेशमा कास्कीका ६९ जना सहित विभिन्न जिल्लाका ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

    यसका साथै प्रदेशभर कोरोना संक्रमितको कुल संख्या १२ हजार ९ सय ७६ पुगेको निर्देशनालयले पुष्टि गरेको छ ।

    त्यसैगरि आज देशभर पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ६ हजार २८६ नमुना परीक्षण गर्दा १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । उनीहरुमध्ये १६५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यसैगरि देशभर हालसम्म २ लाख ३० हजार ५३७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४८३ जना संक्रमणमुक्त भएका हुन् ।

    त्यस्तै हाल देशभर १२ हजार २४५ संक्रिय संक्रमित छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना संक्रमित भेटिएका छन् । जसमा भक्तपुरमा ३९, ललितपुरमा ७५ र काठमाडौंमा ३९३ जना छन् ।

    सम्बन्धित खवर