मंसिर २४ पोखरा । कोभिडको कारण कास्कीको पोखरा महानगरपालिका आज थप ३ जनाको मृत्यु भएको छ ।
पोखराको गण्डकी मेडिकल कलेज र फिस्टेल अस्पतालमा उपचाररत २ जना पुरुष र एक जना महिला गरि थप तिन जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पोखराको फिस्टेल अस्पतालमा उपचाररत पोखरामहानगरपलिका–१६ की ५३ वर्षिय महिलाको आज बिहान ५ : ३० बजे मृत्यु भएको हो । कोभिड निमोनिया लगायतका समस्या रहेको उनामा यहि मंसिर ७ गते संक्रमणको पुष्टि भएको थियो ।
यस्तै पोखरा–१५ का ६७ वर्षिया पुरुषको पनि आज बिहान ४ : २० मा पोखराको गण्डकी मेडिकल कलेज उपचारको क्रममा मृत्यु भएको छ । उनमा यहि मंसिर २१ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । साथै उनमा कोभिड सहित मधुमेह र श्वासप्रश्वास सम्बन्धि समस्या रहेको निर्देशनायद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै सोही अस्पतालमा उपचाररत पाखरा –१४ का ७४ वर्षिय पूरुषको भने गएरातिमा ६ : २५मा मृत्यु भएको हो । कोभिड निमोनिया सम्बन्धि समस्या रहेको उनमा मंसिर १७ गते कोरोना संक्रमण पाइएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ ।
यसअघि पोखराको मणिपाल शिक्षण अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु भएको थियो ।
निर्देशनालयद्वारा जारी विज्ञप्ति :