मंसिर २१ पोखरा । गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार नजिक पुगेको छ ।
बुधबार गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका ८५ जनामा संक्रमणको पुष्टि भए सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ६ जिल्लाका थप ८५ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ ।
बुधबार दिउँसो २ बजे सम्म निर्देशनालयले चार चरणमा विज्ञप्ती जारी गर्दै यसको पुष्टि गराएको हो ।
निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ६९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तनहुँमा ५ जना, गोरखामा १ जना , लमजुङमा ६ जना,स्याङ्जामा २ जना र म्याग्दीका २ जनामा संक्रमण देखिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ६५ पुगको छ ।
निर्देशनालयद्वारा जारी विज्ञप्ति :