मंसिर २४ पोखरा । कोभिडका कारण पोखराको मणिपाल शिक्षण अस्पतालमा थप एक संक्रमितको ज्यान गएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका एक जना ६४ वर्षिय पुरुषको संक्रमणबाट ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा महानगरपालिका –१३ का ७७ वर्षिय पुरुषको गएराति १ ः १५ बजे उपचारको क्रममा ज्यान गएको हो ।
उनमा यहि मंसिर २२ गते संक्रमण पुष्टि भएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७३ पुगेको छ ।
निर्देशनालयद्वारा जारी विज्ञप्ति: