सुनको मूल्यमा भारी वृद्दि

सुनको मूल्यमा भारी वृद्दि

  • नेपाली सन्देश

  • , 8.2K जनाले हेर्नुभयो
  • 8.2K
    SHARES

  • सुनको मूल्यमा भारी वृद्दि

    मंसिर २३ पोखरा । सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्यमा मंगलबार भारी वृद्दि भएको छ ।

    साताको तेसा्रे दिन आज १ हजार ५ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला ९३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियोे ।

    विश्वमा कोरोना भाइरसको खोप विकास भएको र अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि सुनको भाउ घट्ने अनुमान गरिएको थियो । तर, त्यसका बाबजुत पनि भाउ बढेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बृद्धि भएको छ । बुधबार तोलाको १२ सय ०५ रुपैयाँ कारोबार भएको चाँदी आज ३० रुपैयाँ बढेर तोलको १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

    सम्बन्धित विषय

    सम्बन्धित खवर