गण्डकीका १०० बढिमा कोरोना संक्रमण

गण्डकीका १०० बढिमा कोरोना संक्रमण

  • नेपाली सन्देश

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • गण्डकीका १०० बढिमा कोरोना संक्रमण

    मंसिर २३ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ८ सय नाघेको छ ।

    मंगलबार कास्कीको पोखरामहानगरका ७३ जना सहित गण्डकी प्रदेशमा थप एक सय ६ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलय पोखराले जानकारी गराएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्ननोष्टिक प्रा.ली पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ७ जिल्लाका थप एक सय ६ जनामा संक्रमणको पुष्टि भएको हो ।

    निर्देशनालयका अनुरसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ७३ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वमा ९ जना, तनहुँमा ५ जना, लमजुङमा ३ जना, स्याङ्जामा ५ जना , बाग्लुङमा १० जना र पर्वतमा १ जनामा संक्रमण देखिएको छ ।

    मंगलबार दिउँसो २ ः ३० बजे सम्म निर्देशनालयले चार चरणमा विज्ञप्ति जारी गरी यसको पुष्टि गराएको हो ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ८ सय ८० पुगको छ ।

    निर्देशनायद्वारी जारी विज्ञप्ती ः

     

     

     

     

     

    सम्बन्धित खवर