कोभिडका कारण पोखरामा गयो थप एक पुरुषको ज्यान

कोभिडका कारण पोखरामा गयो थप एक पुरुषको ज्यान

  • नेपाली सन्देश

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • कोभिडका कारण पोखरामा गयो थप एक पुरुषको ज्यान

    मंसिर २३ पोखरा । कोभिडका कारण पोखरामा थप एक जना पुरुषको ज्यान गएकोे छ ।

    कास्कीको पोखरा महानगरपालिकाका एक जना पुरुषको संक्रमणबाट ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

    निर्देशनालयका अनुसार पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिकाका ६४ वर्षिय पुरुषको मंसिर २२ गते उपचारको क्रममा ज्यान गएको हो ।

    उनमा यहि मंसिर ११ गते संक्रमण पुष्टि भएको थियो । साथै उनमा कोभिड निमोनिया लगायत मधुमेहको समस्या रहेको निर्देशनायद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ ।

    निर्देशनालयद्वारा जारी विज्ञप्ती :

    सम्बन्धित विषय

    सम्बन्धित खवर