मंसिर २२ पोखरा । सोमबार गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका ८८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज चितवन र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ७ जिल्लाका थप ८८ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ ।
सोमबार दिउँसो ४ बजे सम्म निर्देशनालयले चार चरणमा विज्ञप्ती जारी गर्दै यसको पुष्टि गराएको हो ।
निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ५३ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वमा १५ जना, तनहुँमा ७ जना, गोरखा २ जना , लमजुङमा ७ जना, स्याङ्जामा ३ जना र पर्वतमा १ जनामा संक्रमण देखिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७४ पुगको छ ।
निर्देशनायद्वारी जारी विज्ञप्ती ः