मंसिर २२ पोखरा । कोभिडका कारण पोखरामा आज थप एकजना संक्रमितको ज्यान गएको छ ।
पर्वतको फलेबास नगरपालिकाका एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पोखरको मणिपाल शिक्षण अस्पतालमा उपचाररत फलेबास नगरपालिकाका ३८ वर्षिय पुरुषको मंसिर २१ गते उपचारको क्रममा ज्यान गएको हो ।
उनमा यहि मंसिर १९ गते संक्रमण्को पुष्टि भएको थियो । साथै उनमा कोभिड सहित भाइरल निमोनिया लगायतका समस्या रहेको निर्देशनायद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।
निर्देशनालयद्वारा जारी विज्ञप्ती :