पोखरामा गयो थप एक संक्रमितको ज्यान

पोखरामा गयो थप एक संक्रमितको ज्यान

  • नेपाली सन्देश

  • , 6.1K जनाले हेर्नुभयो
  • 6.1K
    SHARES

  • पोखरामा गयो थप एक संक्रमितको ज्यान

    मंसिर २१ पोखरा । कोभिडका कारण पोखरामा थप एक जना पुरुषको मृत्य भएको छ ।

    कास्कीको पोखरा महानगरपालिका – १ का एक जना पुरुषको संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

    निर्देशनालयका अनुसार गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत पोखरा महानगरपालिका – १ का ७५ वर्षिय पुरुषको मंसिर २१ गते उपचारको क्रममा मृत्यु भएको हो ।

    उनमा यहि मंसिर १५ गते संक्रमण पुष्टि भएको थियो । साथै उनमा कोभिड निमोनिया , र मृगौला सम्बन्धि समस्या रहेको निर्देशनायद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७० पुगेको छ ।

    यसअघि कोभिडका कारण गण्डकी प्रदेशमा ३ जना संक्रमितको मृत्यु भएको थियो ।

    सम्बन्धित खवर