गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्दै

गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्दै

  • नेपाली सन्देश

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्दै

    मंसिर २१ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय नाघेको छ ।

    आइतबार कास्कीको पोखरामहानगरका २८ जना सहित गण्डकी प्रदेशमा थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलय पोखराले जानकारी गराएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्ननोष्टिक प्रा.ली पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ४ जिल्लाका थप ३५ जनामा संक्रमणको पुष्टि भएको हो ।

    निर्देशनालयका अनुरसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा २८ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै, लमजुङमा १ जना ,स्याङजामा २ जना , तनहुँमा ४ जनामा संक्रमण देखिएको छ ।

    आइतबार दिउँसो २ : ३० बजे सम्म निर्देशनालयले तिन चरणमा विज्ञप्ति जारी गरी यसको पुष्टि गराएको हो ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ३३ पुगको छ ।

    निर्देशनायद्वारी जारी विज्ञप्ती ः

    सम्बन्धित विषय

    सम्बन्धित खवर