मंसिर २१ पोखरा । कोभिडका कारण गण्डकी प्रदेशमा आज थप ३ जनाको मृत्यु भएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पतालमा उपचाररत २ जना महिला र एक जना पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरामहानगरपलिका–१७ का ३४ वर्षिय पुरुषको गएराति मृत्यु भएको हो । उनमा कोभिड सहित मृगौला , उच्चरक्तचाप लगायतका समस्या रहेको जनाइएको छ । उनमा यहि मंसिर ७ गते संक्रमणको पुष्टि भएको थियो ।
यस्तै पोखरा–१७ का ६६ वर्षिया महिलाको आज बिहान ५ : २१ मा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा यहि मंसिर १४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । साथै उनमा कोभिड सहित श्वासप्रश्वास सम्बन्धि समस्या रहेको निर्देशनायद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै सोही अस्पतालमा उपचाररत लमजुङको बेशिसहर नगरपलिका –११ की ४३ वर्षिय महिलाको भने गएरातिमा मृत्यु भएको हो । मधुमेह र कोभिड निमोनिया सम्बन्धि समस्या रहेको उनमा मंसिर १८ गते कोरोना संक्रमण पाइएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ पुगेको छ ।