मंसिर २० पोखरा । कोभिडको कारण कास्कीको पोखरा महानगरपालिका आज थप ३ जनाको मृत्य भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाकी एक महिला र २ जना पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१७ का ५७ वर्षिय पुरुषको आज बिहान ४ : ०० बजे मृत्यु भएको हो । उनमा कोभिड सहित निमोनिया, उच्चरक्तचाप लगायतका समस्या रहेको जनाइएको छ । उनमा गत कार्तिक २८ गते संक्रमणको पुष्टि भएको थियो ।
यस्तै पोखरा–१२ का ८० वर्षिया पुरुषको पनि आज दिउँसो १२ : १५ मा फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा यहि मंसिर १६ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । साथै उनमा कोभिड निमोनिया र उच्चरक्तचाप लगायतको समस्या रहेको निर्देशनायद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै सोही अस्पतालमा उपचाररत पोखरामहानगर–११ की ७२ वर्षिय महिलको भने गएराति ८ : ४५ मा मृत्यु भएको हो । कोभिड निमोनिया सम्बन्धि समस्या रहेको उनमा मंसिर १८ गते कोरोना संक्रमण पाइएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।