मंसिर २० पोखरा । कास्कीको पोखरामहानगरका ५९ जना सहित गण्डकीमा आज थप ११९ जनामा कोरोना भाइरसकोे संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ९८ पुगेको छ ।
शनिबार गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्ननोष्टिक प्रा.ली पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ९ जिल्लाका थप ११९ जनामा संक्रमणको पुष्टि भएको हो ।
निर्देशनालयका अनुरसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ५९ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै बाग्लुङमा १८ जना, लमजुङमा २१ जना , गोरखामा ७ जना, स्याङजामा १ जना , मुस्ताङमा २ जना , तनहुँमा ६ जना , म्याग्दीमा ३ जना र पर्वतमा २ जनामा संक्रमण देखिएको छ ।
शनिबार दिउँसो ४ : २० बजे सम्म निर्देशनालयले छ चरणमा विज्ञप्ति जारी गरी यसको पुष्टि गराएको हो ।