मंसिर २० पोखरा । कोरोना संक्रमणबाट नोबेलमा थप एक संक्रमित पुरुषको ज्यान गएको छ ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत मिर्चैया नगरपालिका–१ का ७५ वर्षीय पुरुषको गएराति उपचारको क्रममा ज्यान गएको हो ।
श्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएका उनमा मंसिर १८ गते संक्रमणको पुष्टि भएको थियो ।
यससँगै सिरहमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २३ पुगेको छ ।