आज देशका पहाडी भू-भागमा हल्का पानी पर्ने

आज देशका पहाडी भू-भागमा हल्का पानी पर्ने

  • नेपाली सन्देश

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • आज देशका पहाडी भू-भागमा हल्का पानी पर्ने

    मंसिर २० पोखरा । शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बद्ली भएको छ ।

    आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

    अहिले भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यूनचापीय प्रणाली बनेकाले देशका पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताएका छन् ।

    आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बद्ली रहेर बाँकी स्थानहरुमा आंशिक बद्ली रहनेछ ।

    त्यस्तै आज राति देशका धेरै ठाउँको वायुको तापक्रम घट्ने र तराई भू-भागमा बिहान वायुको पारदर्शितामा कमी आउने मौसमविद पोखरेलले बताएका छन् ।

    आज राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बद्ली रहने छ ।

     

     

    सम्बन्धित खवर