गण्डकीका ८४ जनामा कोेरोना संक्रमण

गण्डकीका ८४ जनामा कोेरोना संक्रमण

  • नेपाली सन्देश

  • , 2.9K जनाले हेर्नुभयो
  • 2.9K
    SHARES

  • गण्डकीका ८४ जनामा कोेरोना संक्रमण

    मंसिर १९ पोखरा । कास्कीको पोखरामहानगरका ७१ जना सहित गण्डकीमा आज थप ८४ जनामा कोरोना भाइरसकोे संक्रमण पुष्टि भएको छ ।

    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ४ सय ७९ पुगेको छ ।

    शुक्रबार गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका थप ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखरा , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्ननोष्टिक प्रा.ली पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ५ जिल्लाका थप ८४ जनामा संक्रमणको पुष्टि भएको छ ।

    निर्देशनालयका अनुरसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ७१ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै स्याङजाका २ जना , तनहुँमा १ जना , म्याग्दीमा ९ जना र बाग्लुङमा १ जनामा संक्रमण देखिएको छ ।

    शुक्रबार दिउँसो २ : ०० बजे सम्म निर्देशनालयले चार चरणमा विज्ञप्ति जारी गरी यसको पुष्टि गराएको हो ।

    निर्देशनायद्वारी जारी विज्ञप्ती ः

    सम्बन्धित विषय

    सम्बन्धित खवर