२९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस आज विभिन्न कार्यक्रम गरि मनाईदैँ

२९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस आज विभिन्न कार्यक्रम गरि मनाईदैँ

  • नेपाली सन्देश

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस आज विभिन्न कार्यक्रम गरि मनाईदैँ

    मंसिर १८ पोखरा । आज २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस । नेपालका लागि नेपाल सरकारले तय गरेका ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।

    कोरोना महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले यस दिवसका अवसरमा तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ ।

    राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले आफुहरूको सहज जीवनयापन र सहभागिताका लागि नीतिगत रूपमा वकालत लगायत विभिन्न कार्यक्रम गरी यस दिवस मनाइने बताएका छन् ।

    अध्यक्ष शर्माले निजामती सेवामा कायम पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिको सहभागितालाई संसद्मा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचना समेत गरेको छन् ।

    साथै महासङ्घले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिको समेत वास्तविक गणना गरी अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

    सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको छ ।

     

    सम्बन्धित खवर