मंसिर १८ पोखरा । कास्कीको पोखरामहानगरका ५९ जना सहित गण्डकीमा आज थप ६५ जनामा कोरोना भाइरसकोे संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ६२ पुगेको छ ।
विहिबार गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइग्ननोष्टिक प्रा.ली पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ३ जिल्लाका थप ६५ जनामा संक्रमणको पुष्टि भएको छ ।
निर्देशनालयका अनुरसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ५९ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै स्याङजाका ५ जना र बाग्लुङमा १ जनामा संक्रमण देखिएको छ ।
विहिबार मध्याह्रन ११ : २० बजे सम्म निर्देशनालयले दुई चरणमा विज्ञप्ति जारी गरी यसको पुष्टि गराएको हो ।