मंसिर १८ पोखरा । बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोवार भएको सुनको मूल्यमा विहिबार भारी वृद्दि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुन आज २५ डलरले महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस १८ सय ३६ डलर पुगेको छ ।
नेपालमा भने साताको पाँचौ दिन आज १ हजार ६ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको थियोे ।
डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुनको भाउ बढेको शाक्यले बताए ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ । बुधबार तोलाको ११ सय ८५ रुपैयाँ कारोबार भएको चाँदी आज २० रुपैयाँ बढेर तोलको १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।