पोखराका ७८ सहित गण्डकीमा थपिए १०० बढि संक्रमित

पोखराका ७८ सहित गण्डकीमा थपिए १०० बढि संक्रमित

  • नेपाली सन्देश

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • पोखराका ७८ सहित गण्डकीमा थपिए १०० बढि संक्रमित

    मंसिर १६ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार एक सय ३८ पुगेकोे छ ।

    मंगलबार गण्डकी प्रदेशको कास्की सहित विभिन्न जिल्लाका थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखरा , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज , चितवन र लाइफ केयर एण्ड डाइग्ननोष्टिक प्रा.ली पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ८ जिल्लाका थप १०६ जनामा संक्रमणको पुष्टि भएको हो ।

    निर्देशनालयका अनुरसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ७८ जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वमा ११ जना, गोरखा १ जना ,स्याङजाका ४ जना , पर्वतका १ जना , तनहुँमा ७ जना , म्याग्दीमा १ जना र बाग्लुङमा ३ जनामा संक्रमण देखिएको छ ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार एक सय ३८ पुगको छ ।

    यो पनि पढ्नुहोस् ।

    गोरखामा थप एक कोरोना संक्रमितको मृत्यु

     

    सम्बन्धित विषय

    सम्बन्धित खवर