मंसिर १० पोखरा । कोभिडका कारण बीपीेमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीको राजविराज–४का ५० वर्षीय पुरुषकोे उपचारको क्रममा मृत्यु भएको हो ।
कलेजो सम्बन्धी पुरानै समस्या रहेको उनको गएराति सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
उनमा यही मंसिर १ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।