मंसिर १० पोखरा । कोरोना संक्रमणबाट बाँकेमा एक संक्रमित महिलाको ज्यान गएको छ ।
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दाङको तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ७७ वर्षीया महिलाको उपचारको क्रममा ज्यान गएको हो ।
मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा मंसिर ६ गते संक्रमण देखिएको थियो ।
रोगको प्रकृतिअनुसार अक्सिजन थेरापी, एन्टिबायोटिक, रेम्डिसिभिरलगायतका औषधि प्रयोग गरी उपचार गराउँदा पनि उनलाई बचाउन नसकिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
उनको गएराति सवा १२ बजे मृत्यु भएको हो ।