मंसिर ९ पोखरा । कोरोना संक्रमणबाट चितवनमा थप एक महिलाको ज्यान गएको छ ।
चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका(२१ बस्ने ७३ वर्षीय महिलाको मंगलबार दिउँसो उपचारको क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धि समस्या भएपछि कात्तिक २३ गते अस्पताल भर्ना भएकी ती महिलामा कात्तिक २५ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था थप जटिल हुँदैं गएपछि सोही दिन उनलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको थियो ।
यससँगै चितवनमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ ।
- यो पनि पढ्नुहोस् ।
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु