मंसिर ९ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ३ सय १४ पुगेको छ ।
मंगलबार पोखराका ८२ जना सहित प्रदेशको विभिन्न जिल्लाका १२४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रममितको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका ६ जिल्लाका थप एक सय २४ जनामा संक्रमणको पुष्टि भएको हो ।
मंगलबार दिउँसो १ : ०० बजे सम्म निर्देशनालयले तिन चरणमा विज्ञप्ती जारी गरी यसको पुष्टि गराएको हो ।
निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा ८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तनहुँमा ११ जना , गोरखामा १७ जना , स्याङजामा ६ जना, नवलपरासी पूर्वमा ५ जना र लमजुङमा ३ जनामा संक्रमण देखिएको छ ।
यससँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ११ हजार ३ सय १४ पुगेको छ ।