चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

  • नेपाली सन्देश

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

    मंसिर ९ पोखरा । कोरोना संक्रमणबाट चितवनमा थप एक व्यक्तिको मृत्यु भएको छ ।

    चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।

    ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धि समस्या देखिएपछि मंसिर ४ गते अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।

    मंसिर ७ गते कोरोना संक्रमित भएका ती पुरूषको कोभिड आइसियू कक्षमा राखेर उपचार गरिएको थियो ।

    यससँगै चितवनमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ ।

     

    सम्बन्धित विषय

    सम्बन्धित खवर